मापेस गरी लाइसेन्स बिना एम्बुलेन्स चलाउँदा दुर्घटना

<span class='c1'>मापेस गरी लाइसेन्स बिना</span> <span class='c2'>एम्बुलेन्स चलाउँदा दुर्घटना</span>

काठमाडौँमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । काठमाडौँको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ ।

कारलाई ठक्कर दिए पनि ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । मित्रपार्कबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आएको बा८छ ६९२८ नम्बरको एम्बुलेन्सले आज अपराह्न ठक्कर दिएको थियो ।

दुर्घटनामा कार चालक सविन श्रेष्ठ घाइते भएका र दुवै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

मोरङको पथरी बस्ने एम्बुलेन्स चालक वर्ष ३६ का रामबहादुर चौधरीलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आवश्यक कारवाहीका लागि उनलाई महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशालामा राखिएको छ ।

यता काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिन्धुपाल्चोकका राजु गिरीको कोठाबाट नगद तथा सुनका गरगहनासहित रु एक लाख ४३ हजार बराबरको धनमाल चोरी भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्