चट्याङ्ग लागेर दुईको मृत्यु

चट्याङ्ग लागेर दुईको मृत्यु

रोल्पा– लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको बिहीबार चट्याङ लागेर मृत्यु भएको छ।

चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। चट्याङले भीमबहादुरको एउटा बाख्रासमेत मरेको छ।

घटना भए लगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो।

शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्