१० दिन अघी मुम्बईबाट लुकेर आएका थिए हिजो भेटिएका दुबै संक्रमित

<span class='c1'>१० दिन अघी मुम्बईबाट लुकेर आएका</span> <span class='c2'>थिए हिजो भेटिएका दुबै संक्रमित</span>

विहिबार कोरोना संक्रमण पुष्टि भएको कपिल्वस्तुका दुई जना व्यक्तिहरु लुकेर भारतबाट आएको पाइएको छ । उनीहरु १० दिन अघि मात्र भारतको सबै भन्दा बढि कोरोना प्रभावित क्षेत्र मुम्बइबाट लुकेर नेपाल आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । उनीहरु कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसेका थिए ।
बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ का १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो ।
उनीहरुको बारेमा स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए ।
उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए । संक्रमीतलाई आज बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा लगिने छ । अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्