नेपालगंजका थप एक जनामा कोरोना संक्रमण देखिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ सय २ पुगेको छ । भेरी अंचल अस्पताल, नेपालगन्जको प्रयोगशालामा गरिएको कोभिड-१९ परीक्षणमा १६ वर्षीय युवामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ३० जना व्यक्ति संक्रमण मुक्त भएका छन् भने ३ जनमा पुन: संक्रमण देखिएको छ ।
नेपालमा १५ हजार ४ सय ९२ जनामा पिसिआर प्रविधिबाट कोभिड-१९ को परीक्षण गरीएको छ भने विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडीटी प्रविधिबाट ५४ हजार ५ सय ३१ जनाको परीक्षण भएको छ ।