४३४ जना सांसद र कर्मचारीको कोभिड-१९ नेगेटिभ

<span class='c1'>४३४ जना सांसद र</span> <span class='c2'>कर्मचारीको कोभिड-१९ नेगेटिभ</span>

सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुनुहुन्थ्यो । उहाँहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो ।

आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको गोरखापत्रले खबर प्रसार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्