वडाध्यक्षले आमालाई क्वारेन्टाइनबाट जबरजस्ती घर लगे

वडाध्यक्षले आमालाई क्वारेन्टाइनबाट जबरजस्ती घर लगे

समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्‍वारेन्टाइनबाट निकालेर घर लगेका छन्। समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन्। नेपाल आएको खबर पाएपछि गाउँलेले बिरोध गरेका थिए। त्यसपछि उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो।

उनको स्वास्थ्य जाँच नगरि नै वडाध्यक्षले जर्बस्ती घर लगेको उक्त क्‍वारेन्टाइनका स्वास्थ विभाग प्रमुख मुन्सीप्रसाद माझीले बताए। ‘वडाध्यक्षज्यूहरुले लैजाने भन्‍नुभएछ, हामीले त नलैजानुस् भनेकै हो तर उहाँले लगेर जानुभयो। ’ क्‍वारेन्टाइनमा अहिले २८ जना छन्। ती सबै भारतबाट आएका हुन्। क्‍वारेन्टाइनमा नेपाल प्रहरीको सुरक्षा टोली छ। क्‍वारेन्टाइनबाट जर्बजस्ती आफ्नो मान्छे लगेको भन्दै त्यहाँ बसेका अन्य व्यक्तिले पनि अब नबस्ने भन्दै झगडा शुरु गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए। ‘म जिल्लाभरिका स्थानीय तहका प्रमुखहरुको बैठकमा सहभागी हुन भैरहवा छु, मैले भर्खर सुनेँ', उनले भने, 'क्‍वारेन्टाइनमा बसेको मान्छेको स्वाब परीक्षण नगरी घर लैजान मिल्दैन।'

क्‍वारेन्टाइनमा आएकाहरु सबैको रिर्पोट नेगिटभ आएको छ। क्‍वारेन्टाइनमा बसेको मान्छेलाई यत्तिकै घर लग्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। ‘मलाई जानकारी आएको छैन तर त्यसरी लैजानै मिल्दैन,' उनले भने। मर्चवार क्षेत्र भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी क्षेत्र हो। उक्त क्षेत्रबाट मानिसहरु राति नेपाल प्रवेश गरिरहेको गुनासो छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्