गाँजा तस्करलाई समाउँदा स्थानीयको अवरोध, झडपमा तिन प्रहरी घाइते

<span class='c1'>गाँजा तस्करलाई समाउँदा स्थानीयको अवरोध,</span> <span class='c2'>झडपमा तिन प्रहरी घाइते</span>

पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा शुक्रबार राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ किलाे गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबिच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा १२ च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ ।

प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् ।

झडपको क्रममा तीन प्रहरीसमेत घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ ।

यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति ९ः३० बजे भएको हो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्