नेपालमा कोभिड-१९ संक्रमितको संख्या १ सय १० पुगेको छ । उदयपुर भुल्के निवासी ४३ वर्षिय महिलामा नयाँ संक्रमण देखिएको हो। कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरीएको परीक्षणमा नयाँ संक्रमण देखिएको हो । संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ ।