दुई श्रीमती : कान्छीको गरे हत्या , घरायसी विवाद कारण

दुई श्रीमती : कान्छीको गरे हत्या , घरायसी विवाद कारण

घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ ।

निजका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् । घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्