एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सवारी पास खारेज

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सवारी पास खारेज

काठमाडौं, वैशाख ३० । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ ।

देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या धमाधम बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यद्यपि, काठमाडौं उपत्यकाका तीन जिल्लाका लागि जारी गरिएको पासको हकमा भने यो नियम लागू हुने छैन ।

उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यकाबाहिर जान भने पाइने छैन ।

गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ ओटै जिल्ला प्रशासन कार्यालय, सातओटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशनसमेत दिइएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्