विराटनगर । रिकविरिङ नेपालको नेतृत्वमा प्रदेश १ मा रहेको २२ वटा पुर्नस्थापना केन्द्रलाई राहत सामग्री उपलब्ध गराइएको छ ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेसँगै यो समय पूर्वका लागू औषध पुर्नस्थापना केन्द्रमा पनि लकडाउनको प्रत्यक्ष असर देखिन थालेको छ ।
प्रदेश नम्बर १ को भोरङ, झापा र सुनसरीमा २२ वटा लागु औषध पुर्नस्थापना केन्द्र रहेका छन् । भने एक हजार बढी लागू औषध पूर्नस्थापना केन्द्र प्रयोकर्ताहरु समस्यामा परेका छन् ।
उनीहरुको व्यवस्थापनमा भएको समस्यालाई मध्यनजर गर्दै रिकविरिङ नेपालका केन्द्रिय उपाध्यक्ष दिपक चापागाईको नेतृत्वमा प्रदेश नम्बर १ मा रहेका २२ वटा केन्द्रलाई ३५ सय केजि चामल, ६ सय दाल, ६०० केजी हरियो मटर, ३०० केजी नुन र साबुन उपलब्ध गराइएको हो ।
उक्त सामाग्रीले यो लकडाउनको बेला पुर्नस्थापना केन्द्रहरुलाई हद सम्म राहत मिल्ने कार्यक्रम संयोजक दिपक चापागाईले बताए ।