विश्वविद्यालयले चिनेको तर राज्यले नचिनेको फार्मेसी शिक्षा -नयन झा

विश्वविद्यालयले चिनेको तर राज्यले नचिनेको फार्मेसी शिक्षा  -नयन झा

-नयन झा

नेपालमा सर्वप्रथम सन १९७२ बाट त्रिभुवन विश्वविद्यालयबाट फार्मेसी शिक्षाको प्रारम्भ भएको हो । स्वास्थ्यसंग सम्बन्धित अति नै महत्वपुर्ण बस्तु औषधि र औषधिजन्य बस्तुको उत्पादन , अनुसन्धान , भन्डारण , बजार ब्यवस्थापन , र बितरण गर्ने कार्यमा सहजीकरण र गुणस्तर निर्धारण कायम गर्न सहज होस भन्ने उदेश्यले त्रिभुवन बिश्वबिधालय बाट सुरु भएको फार्मेसी शिक्षा हाल डिप्लोमा तह CTEVT र ब्याचलर , त्रिभुवन विश्वविद्यालय काठमाडौ विश्वविद्यालय,पोखरा विश्वविद्यालय पुर्वाअञ्चल विश्वविद्यालय लगायत प्राय जसो सबै विश्वविद्यालयबाट प्रदान भैरहेको छ ।
विश्वविद्यालयहरुले बर्सेनि फार्मेसी शिक्षाको कोटा बढाउदै गर्दा उत्पादित प्राबिधिक जनशक्तिको परिचालन गरि राज्यले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न र गुणस्तरीय औषधि र औषधिजन्य पदार्थको उत्पादन , अनुसन्धान , बितरण आदि कार्य गर्न सकिन्थ्यो तर त्यसो हुन सकिरहेको छैन । फलस्वरुप त्यतिका पैसा र समय खर्च गरि बसेका धेरै जनशक्ति बेरोजगार छ्न ।
अस्पतालको बेड क्षमता अनुसारको फार्मेसीमा फार्मेसी पढेकै जनशक्ति हुनुपर्ने निर्देशिका जारी गरे पनि त्यो कागजमा मात्र सिमित छ । सरकारी अस्पतालमा पनि उक्त निर्देशिका अनुसारको ब्यवस्थापन हुन नसक्नु दुर्भाग्यपूर्ण छ ।
फर्मा इन्फो नेपालको तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालमा ४ हजार ४७ जना ब्याचलर फार्मेसी र ७ हजार ९ सय २ जना डिप्लोमा फार्मेसी उतिर्ण भै नेपाल फार्मेसी काउन्सिलमा दर्ता भइसकेका छ्न । ती मध्ये अधिकाश जनशक्ति बिदेशतिर पलायन भैसकेका छ्न भने अधिकाङ्श बाहिरिने क्रममा छ्न । सरकारले जारी गरेको निर्देशिका कार्यन्वयन गर्दा पनि धेरै जनशक्तिले रोजगार पाउन सक्ने अवस्था छ तर त्यसो हुन सकेको छ । हाल अधिकाङ्श औषधि पसल अनुभव को आधारमा अप्रावधिक जनशक्तिले चलाइ राखेका छ्न । जसले गर्दा औषधिको बारेमा पर्याप्त जानकारी बिरामी सम्म पुग्न सकेको छैन । औषधि सेवन गर्दा अपानाउनु पर्ने सावधानी र त्यस्को साइड इफेक्टको बारेमा जानकारी नहुदा कतिपय समयमा अर्को समस्या उत्पन्न भैरहेको हुन्छ । साथै अनावश्यक एण्टिवायोटिक को प्रयोग पनि बढिरहेको अवस्था छ ।
एकातिर प्राविधिक शिक्षामा जोड दिदै गर्दा अर्को तिर शिक्षित जनशक्ति लाई बेवास्ता गरिरहेको अवस्था छ । तसर्थ कि त बेरोजगार उत्पादन हुने शिक्षा बन्द गर्नु पर्यो कि त उत्पादित जनशक्ति को प्रयोग गरि औषधि उत्पादन , अनुसंधान , अनुगमन ,र ब्यवस्थापन गर्न प्रयोग गर्नुपर्यो । जसले गर्दा राज्यले स्वास्थ्य क्षेत्रको अति नै महत्वपूर्ण अंग फार्मेसी पेशा लाई मर्यादित , कुशल, सक्षम बनाउन सकिन्छ । अन्त्यमा फार्मेसी पेशालाई मर्यादित र गुणस्तरीय बनाउन सबैको सहकार्य र सहयोग हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्