काेराेना भाईरस नियन्त्रणका लागि मोरङ्गका सिमानामा म्यादी प्रहरी राखिने

<span class='c1'>काेराेना भाईरस नियन्त्रणका लागि मोरङ्गका</span> <span class='c2'>सिमानामा म्यादी प्रहरी राखिने</span>

रबिन्द्र बराल
मोरङकाेे तीन वटा नगरपालिकाकाे संयुक्त बैठकबाट कोरोना भाईरसको जोखिम न्युनिकरणका कार्यमा खटिने गरि भारतीय सिमा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने भएको छ । भारतसँग सिमाना जोडीएकाेे दक्षिणी रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका र रंगेली नगरपालिकाकाे संयुक्त बैठकलेे ६९ जना म्यादी प्रहरी सिमानामा परीचालन गर्ने निर्णय लिएको सुनवर्शी नगरपालिका मेयर काली प्रसाद दास ले बताए । उनले साे कार्यमा तीन महिनाको लागि नियुक्त गरी म्यादी प्रहरी खटाउने निर्णय गरीएको जानकारी दिए ।
बैठकमा कोरोना भाईरस नियन्त्रणका लागि सिमाक्षेत्रमा आवात जावतमा कडाई र भारत सहित अन्य देशबाट आएका ब्यक्तिहरुका लागि बृहत क्षमताको क्वारेनटाईनको व्यवस्थापन र कोरोना भाईसर नियन्त्रणको लागि प्रभावकारीताका बिषयमा छलफल भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।
बैठकमा तिनवटै नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, उक्त क्षेत्रका नेपाल प्रहरी र शशस्त्र प्रहरी कार्यालयका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्