सरकारी कम्पनीले अनलाईनबाट १२७ क्विन्टल चामल बिक्रि गर्यो

सरकारी कम्पनीले अनलाईनबाट १२७ क्विन्टल चामल बिक्रि गर्यो

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घिउलगायत अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।

लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथ भित्र गएको चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको हो ।

होम डेलिभरीमार्फत चामल, कर्णालीको सिमी र दाल बिक्रीवितरण गरिँदै आएकामा उपभोक्ताको माग अनुसार गत आइतबारदेखि दुग्ध विकास संस्थान (डिडिसी) को घिउसमेत बिक्री गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा आधा किलोको घिउ डिडिसीको मूल्यमा नै बिक्री गरिएको छ ।

कम्पनीले हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरेको छ ।

गत चैत अन्तिम सातादेखि वैशाख मसान्तसम्म अनलाइनमार्फत १२७ क्विन्टल चामल, आठ क्विन्टल सिमी, ११५ किलो दाल र ३० किलो केराउ गरी रु सात लाख ९५ हजार २५७ बराबरको खाद्य पदार्थ बिक्री गरिएको उनले जानकारी दिए । कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ ।

काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिव्यक्ति रु दुई हजारदेखि रु पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ । अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेन्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले पहिलो चरणमा चक्रपथभित्र मात्र सेवा प्रदान गरे तापनि क्रमशः काठमाडौँ उपत्यकाका सबै ठाउँमा सेवा बिस्तार गर्ने तयारी गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्