छुट्टाछुट्टै स्थानमा लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>छुट्टाछुट्टै स्थानमा लागुऔषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

सुनसरी कोशी गाँउपालिका-६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डि.सि.सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ०७ बजे को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार गरी आएका झालाई सोहि स्थान नजिकबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि. फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसै गरी झापा शिवसताक्षी-४ बुलुचौक बस्ने ३५ बर्षीय रामबहादुर बि.क. लागुऔषध सहित पक्राउ परेका छन । हिजो राती ०९ बजे झापा गौरिगंज-११ रंगेथान स्थितमा हिडिरहेका रामबहादुरलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका दुबैजना उपर थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्