कोभिड – १९ ले नेपालमा पहिलो मृत्यु पुष्टी, २८१ पुग्यो संक्रमण संख्या

कोभिड – १९ ले नेपालमा पहिलो मृत्यु पुष्टी, २८१ पुग्यो संक्रमण संख्या

नेपालमा कोभिड-१९ बाट मृत्यु भएको पहिलो घटना पुष्टी भएको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षिय महिलाको कोभिड-१९ बाट पहिलो मृत्यु भएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जारी गरको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । गत २४ गते बच्चा जन्माएर डिस्चार्ज भएर घर गए पछी उनमा कोभिड-१९ को लक्षण देखिएको थियो । ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराउदै गर्दा स्वास्थ्य अवस्था जटिल भएपछि उपचारको लागि धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।

यसै गरी प्रेस विज्ञप्तीमा थप दुइ जनामा कोरोना संक्रमण देखिएर कुल संक्रमित संख्या २ सय ८१ पुगेको उल्लेख गरिएको छ । नयाँ संक्रमित अनुसार २० वर्षिय युवा र ६५ वर्षिय वृद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्