थप १० जनामा संक्रमण, २९१ पुग्यो संक्रमित संख्या [कोभिड-१९ अपडेट]

थप १० जनामा संक्रमण, २९१ पुग्यो संक्रमित संख्या [कोभिड-१९ अपडेट]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहानै जारी गरेको प्रेस विज्ञप्ती अनुसार आज विहानै थप १० जनामा कोभिड-१९ को संक्रमण देखिएको छ ।

नयाँ संक्रमित हुनेहरुमा रौतहट जिल्लाको राजपुर नगरपालिका फरहदवाका १८ वर्षिय युवा, ३२ वर्षिय, ३६ वर्षिय, ३९ वर्षिय, ४२ वर्षिय, ४८ वर्षिय पुरुषहरु र राैतहट कै इशनाथ नगरपालिकाका २८ वर्षिय, ३० वर्षिय र ३३ वर्षिय पुरुषहरु रहेको उल्लेख गरिएको  छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ सय ९१ पुगेको छ । नेपालमा हालसम्म कोभिड-१९ बाट १ जनाको मृत्यु भएको छ भने ३६ जना संक्रमण मुक्त भइ घर गइसकेा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्