सरकारले लकडाउनलाई थप १५ दिनको लागि निरन्तरता दिदैं जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । चैत्र ११ गतेदेखि देशभर लागु हुने गरी लकडाउन गरेको सरकारले पटक पटक यसको समय थप गरेको थियो । पछिल्लो पटक थपेको लकडाउनको समय जेठ ५ गते सकिनु अगावै जेठ २० गतेसम्मका लागि लकडाउन थपिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
हालसम्म नेपालमा २ सय ९५ जनामा संक्रमण देखिसकेको छ भने २ जनाको मृत्यु भएको छ । यसै गरी ३६ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् ।