आज बिहान ९ जना थपिँदा कुल संक्रमित संख्या ३०४ संक्रमित

आज बिहान ९ जना थपिँदा कुल संक्रमित संख्या ३०४ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती अनुसार आज बिहानै ९ जना संक्रमित थपिएका छन् । रौतहट, इशनाथ नगरपालिकामा ७ जना र माधबनारायण नगरपालिकामा १  करैयामा १ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा २१ वर्षिय २ जना, २३ वर्षिय १ जना, २५ वर्षिय २ जना , २८ वर्षिय १ जना,  २९ वर्षिय १ जना, ३० वर्षिय १ जना र २८ वर्षिय १ जना रहेको जनाइएको छ ।

नेपालमा हालसम्म कुल संक्रमित संख्या ३ सय ४ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । यसै गरी ३६ जना संक्रमणमुक्त भइ फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्