प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने

प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने

विराटनगर । प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार बसेको उक्त प्रदेशको मन्त्रिपरिषद बैठकले वर्षे अधिवेशन जेठ १४ गते २ बजे बस्नेगरी निर्णय गरेको हो ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एव कानुनमन्त्री हिक्मत कार्कीले बैठकबारे जानकारी दिएका हुन् ।

त्यस्तै कोरोना जनसुरक्षा कोष सम्बन्धि कार्यविधि संशोधन लगायत अन्य आठवटा निर्णय पनि सोमबारको मन्त्रिपरिषद बैठकले गरेको मन्त्री कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्