बुबाको हत्या गरेर फरार भएकि छोरी पक्राउ

<span class='c1'>बुबाको हत्या गरेर फरार</span> <span class='c2'>भएकि छोरी पक्राउ</span>

ईलाम देउमाई-६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ०८ बजे खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुल बहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको भनि आफन्तले आज बिहान ०६ बजे ईलाका प्रहरी कार्यालय मंगलवारेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट समेत घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्ठी गरे संगै हत्यामा संलग्न शुष्मा राईलाई जंगलमा लुकिछिपि बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्