सवारी दुर्घटनामा परी २ बालकको मृत्यु

<span class='c1'>सवारी दुर्घटनामा परी</span> <span class='c2'>२ बालकको मृत्यु</span>

मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका-१० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राई रहेका छन् । झालाई सोमवार अपरान्ह साँढे ४ बजेको समयमा मोरङको मोतिपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिंदा घाईते भई उपचारको लागी नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा ५ बजे मृत्यु भएको थियो । यसैगरी आज बिहान ८ बजेको समयमा झापाको बिर्तामोड नगरपालिका-१० सैनिक मोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागी झापाको बि.एण्ड.सि. अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । दुबै घटनाका सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्