विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न सबै प्रदेशमा फोकल पर्सन, प्रदेश १ मा बसन्त नेम्वाङ तोकिए

<span class='c1'>विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न सबै प्रदेशमा फोकल</span> <span class='c2'>पर्सन, प्रदेश १ मा बसन्त नेम्वाङ तोकिए</span>

काठमाडौं, जेठ ६ । सरकारले विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न भन्दै सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ ।

प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई ‘फोकल पर्सन’ तोकेको जनाइएको छ ।

उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्ने जनाइएको छ । विभिन्न देशबाट तत्काल ६ लाख बढी नेपालीहरु फर्कनसक्ने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्