कविता "चुनौती" - कविता केशरी
*************
विहान लालीमय छ
प्रेमका अनुराग छरिएका छन जता ततै
मनभारी छ
पृथ्वीको एउटा कुनामा
उभिएको छ जीन्दगी
क्षितिजभन्दा धेरै पर
नदेखिएको दृस्य चिहाउँदै
टिलपिलाउँदै छन् नयनहरू ।
एउटा दुब्लो अाशा छ जिन्दगीको
अझै नयाँ युग भोग्न चाहन्छन् मनहरू
खियाले खाएर बाँचेको
पुर्खाले दिएको सानो टुक्रा
खुकुरी छ साथमा
यो राख्नु नराख्नु सँग
कुनै सम्बन्ध छैन
अदृष्य सूक्ष्म जीवको युग छ
हमला उसकै छ।
अतितका अनगिन्ती स्मृतीहरूलाई
अँगालो भरि कसेर बन्द कोठामा चवन्नौँ
दिनरात बितेका छन्
सपनाहरूको सङ्गालो दाहसँस्कार हुँदैछ
अाफ्नै ईतिहासको थुप्रो माथि ।
कति हुर्काउँछ बैरीले
दुस्मनिका कलङ्कित विरुवाहरू
अमिलियाउँछ शान्ति पृय मनहरू
खण्ड खण्डमा चोटहरू बढाउँछ
सन्सारै मेराे भनेर
चुनौतिका हाँकहरू बोल्दैछ यति बेला
यो बैरी हो
बैरभाव भित्र शान्ति फल्दैन।
यो फराकिलाे पृथ्वीमा
साँगुरो मन भएका मानवको भिड छ
एकले अर्कालाई चिन्दैन
जलिरहेछ ममता
अाकासिएको धुवाको मुस्लाेसँगै
विलिन हुँदैछ प्रेम
सारा मानव जीवनको इतिहास
कसरी समालौँ
चुनौतिको गहिराइबाट ।