अब कोरोनासंगै  जिउन सिक्नुपर्छ – नवीन लामिछाने 

अब कोरोनासंगै  जिउन सिक्नुपर्छ – नवीन लामिछाने 

नवीन लामिछाने 

कोरोना भाईरस हाम्रो बाताबरण र वरिपरि रहिरहन्छ । यो हराउँदैन तथा  उपचार र भ्याक्सिन बन्ने क्रममै छ्न , त्यसको लागि समय लाग्ने नै छ ।

के अब त्यो समयसम्म लकडाउन गरिरहने त? 

लकडाउनलाई  अबस्था , समय र ठाउँ हेरी गर्दै हटाउदै गरिरहन सकिन्छ , यसलाई सहज लिनुपर्दछ । लकडाउनका पनि विभिन्न मोडेल हुनसक्छ्न । लकडाउन मात्र गरेर मानिसहरुको आवतजावत र सम्पर्क रोक्न सकिएन भने त्यसको अर्थ हुँदैन । लकडाउन भनेको मान्छेलाई रोकेर भाईरसलाई खोज्ने हो । संक्रमण जोखिम बढ्न थाल्यो भने सम्भावित क्षेत्र भित्र आवत जावत कम गर्न लकडाउन गर्न सकिन्छ । 

संक्रमण क्षेत्र सिल गरेर पनि लडाउन गर्न सकिन्छ । अबस्था हेरि पुरै देश मात्र होईन कुनै स्थान बिशेषमा लकडाउन वा सिल गर्नुपर्ने हुनसक्छ । लकडा।उन भन्ने शब्दले जनमानसमा पार्ने असरलाई कम गर्न यो शब्दलाई सामान्यिकरण गर्नुपर्दछ । 

अर्को कुरा लकडाउन एकैचोटि हटाउनु हुदैन, क्रमश हटाउनुपर्दछ । अस्पताल, ल्याव ,औषधि ,पुर्वाधार बनाउदै जानुपर्दछ । कोरोनाको लागि अलग अस्पताल बनाउनुपर्दछ स्वास्थ्यकर्मीको अलग अलग टिम सहितको । 

भ्याक्सिन नबनुन्जेल वा फाट्टफुट्ट केश देखिँदा सम्म  लकडाउन गरिरहनुपर्छ भन्ने कुरा पनि अब तर्क संगत नहुन सक्दछ । लकडाउन भनेकै जनतालाई कोरोना बाट वच्न अनुशासित गराईएको हो । सरकारले जोखिम लिने भन्ने कुरा हुदैन, त्यसैले सम्भावना रह्यो भने उसले लकडाउन गर्न सक्छ। व्यापक जन अनुशासन हुने भयो भने लकडाउन आवश्यक पर्दैन । शंकास्पद  वा लक्षणबिहिन संक्रमितहरु घरमै बस्ने, कसरी बस्ने त्यसको योजना बनाउने, लक्षण देखिए मात्र अस्पताल लैजाने गर्नुपर्दछ ।

 

 के अब सधैं  डराएर बस्ने  त?

होईन अब आफूलाई बदल्नु पर्दछ, कोरोना भन्दा पहिलाको अबस्थामा जस्तो जीवनशैलीमा रहन सकिन्न । अनुशासनमा

रहने अनि  कोरोनासंगै जीवन जिउन सक्ने अबस्थाको सिर्जना गर्ने  र त्यसको लागि तयार रहने काम गरेमा मात्र हामी यो भयको अबस्थाबाट नयाँ  गन्तव्यमा अघि बढ्न सक्छौं।

 

(लेखक जनस्वास्थ्यबिद  हुन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्