१४ जेष्ठ २०७७, बुधबार

सिरहाको मिर्चैयामा एक युवकको शव फेला

सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ इमलीडाडाँमा एक युवकको शव फेला परेको छ ।

शव ९ दिनअघि हराएका स्थानीय करिव ३५ वर्षिय सञ्जिवकुमार यादवको रहेको प्रहरीले जनाएको छ । यादव गत बैशाख २९ गते घरबाट हिँडेका थिए । मंगलबार गोठालाहरुले झाडिमा शव देखेर प्रहरीलाई सूचना दिएको इलाका प्रहरी कार्यालय मिर्चैयका प्रमुख डिएसपी सन्तुलाल जयशवाले जानकारी दिए ।

शव कुहिएर उठाउनै नसक्ने अवस्थाका रहेकाले परीक्षणका लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालका चिकित्सक बोलाइएको प्रहरीले बताएको छ  । प्रहरीले घटनाबारे छानविन भइरहेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-26

Country Confirmed Death
Nepal7724
India1507934344
China841034638
Malaysia7604115
Qatar4720728
Australia7139103
US168091398913
Saudi Arabia76726411