चक्रवतको प्रभाव नेपालमा : मोरङमा पनि सतर्क रहन जिल्ला प्रशासनको आग्रह

चक्रवतको प्रभाव नेपालमा : मोरङमा पनि सतर्क रहन जिल्ला प्रशासनको आग्रह

विराटनगर । भारतको उडिसा र वेष्ट बगांल क्षेत्रमा विकसित शक्तिशाली आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङद्धारा जिल्लावासीलाई सर्तक रहन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार एक सुचना जारी गर्दै सम्पुर्ण जिल्लावासीलाई सर्तक रहन आग्रह गरेको हो ।
बंगालको खाडीमा विकसित शक्तिशाली समुद्री चक्रवात फानीका कारण भारतको पूर्वी तटीय राज्य उडिसामा देखिएको प्रभावले गर्दा नेपालमा पनि हावाहुरी, चट्याङ ,असिनापानी पर्न सक्ने भन्दै आवश्यक सर्तक रहन आग्रह गरिएको छ ।

नेपालमा मंगलबार देखी नै विभिन्न स्थानमा हावा हुरी र चट्याङसँगै असिना पानी परिहेको मौसमविदले जानकारी गराएका छन् । यता विराटनगरमा पनि विहानैदेखी मौसम बदलिएसँगै हल्का फुल्का पानी परिहरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्