प्रदेश नं २ को प्रादेशिक क्वारेन्टाइन सिल, संक्रमित भेटिएपछि जोखिम

प्रदेश नं २ को प्रादेशिक क्वारेन्टाइन सिल, संक्रमित भेटिएपछि जोखिम

जनकपुर । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजिकै  बनाइएको प्रादेशिक क्वारेन्टाइनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनलाई बन्द गरिएको हो ।

उक्त क्वारेन्टाइनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन समितिले बुधबार गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

नेपाली सेनाको रेखदेख तथा प्रदेश नंं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टाइनमा शुरुका दिनमा प्रदेश नंं २ का विभिन्न जिल्लाका कोरोनाका आशङ्कित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ । अहिले पनि क्वारेन्टाइनमा ८१ नागरिक धनुषा, महोत्तरी तथा भारतीय रहेको क्वारेन्टाइन इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

अब क्वारेन्टाइनमा भएका सबैको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी नयाँ शिराबाट सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए ।  खासगरी क्वारेन्टाइनमा दूरी अपनाइए पनि चेतनाको अभावले एकै ठाउँमा खाना खाँदा सङ्क्रमण देखा परेकाे अाशङ्का भएकाले सबैको परीक्षण नगरेसम्मका लागि सिल गरिएको छ । धनुुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको व्यवस्थापन समिति धनुषाको  बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टाइन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्