लघुकथा : नारी सोच
-नानि भारद्वज
"हेर्नु सर ! अब ती दिन गए घरमा स्वास्नी कज्याएर लोग्ने चैं ठालु बन्दै हिड्ने ! मेराले त ...!लुगा धुने भात पकाउने भाडा माझ्ने सबै काममा सगाइसिन्छ ! मलाई त हाइ सञ्चो छ।" भन्दै सारदा मेम श्रीमान् को खुब प्रशंसा गरिरहन्थिन्। होला तानि भन्दै सबै शिक्षक शिक्षिका उनका कुरा सुनेर छक्कै पर्थे।
यसो लिजर र टिफिन भयो कि सारदा मेमका श्रीमान् प्रशस्ति सुन्न पुरै शिक्षिक शिक्षिका उत्सुक हुन्थे।
विद्यालय भरि उनको जस्तो श्रीमान् कसैको छैनन् भन्ने छाप परिसकेको थियो।
एक दिन हाम्रा नानीकी आमा बिरामी भई र अस्पताल लानुपर्ने भो। प्रधानाध्यापकलाई फोन गरेको फोनै उठाएनन् । घर नजिकै त सारदा मेम नै थिन्। विद्यालय हाजिर हुन नसक्ने खवर पठाउनु प-यो भन्दै उनका घरमा बिहानै पुगेँ। मेम बार्दलीमा जेन्स कट्टु र गञ्जी निचोरेर सुकाउँदै थिन्।
मैले यो दृश्यलाई त्यत्ति गम्भिर लिइन।खरर आफनो कुरा भनेर म घर फर्किहाले।
त्यस्तै के कामले हो सारदा मेम एकदिन हाम्रा घरमा पनि बिहानै आइन्। म भान्साको बेसिनमा चियाको ताप्के माझ्दै थिएँ।
मलाई खोज्दै भान्सा मै आइपुगिन्। के सोचेर हो कोनी ! " ल हेर ! सर त !भाउजु हुनुहुन्न ?" पो भनिन् त !