मनिषा कोइरालाको एउटा ट्वीट: जसले भारतमा हंगामा मच्चायो, नेपालमा ‘स्यालुट’

मनिषा कोइरालाको एउटा ट्वीट: जसले भारतमा हंगामा मच्चायो, नेपालमा ‘स्यालुट’

काठमाडौं । भारतीय सिने उद्योग बलिउडमा मनिषा कोइरालाका दर्जनौं फिल्म चर्चित छन् । भारतमै संघर्ष गरेर बलिउडको फिल्मी क्षेत्रलाई उचाइ दिएकी उनी यतिबेला भारतीय मिडियाको निशानामा छिन् ।

मिडिया मात्र नभइ भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरु उनलाई चर्को गाली गरिरहेका छन भने नेपालीहरुले सम्मानका शब्दहरु खर्चिरहेका छन् ।  नेपाली मूलकी बलिउड अभिनेत्री मनिषाले गरेको एउटा ट्वीटका कारण सामाजिक संजालमा वार चलिरहेको छ ।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको खुशीमा उनले नेपाल सरकारको कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् ।

उनले लेखिन–, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा आलोचना गरिरहेका छन । तर नेपालीहरुले भने मनिषाको खुलेर प्रशंसा गरेर पोष्टहरु गरिरहेका छन् । नेपालमा उनको वाहवाह चलिरहेको छ । हजारौं ट्वीट र स्टाटसमा लेखिएका शब्दहरु भाइरल भइरहेका छन् ।

मनिषाको यहि ट्वीटलाई लिएर केही भारतीय मिडियाले ‘भारतको खाएर चीनको गीत गाउने’ भन्दै आलोचना गरेका छन् । यतिसम्म कि कतिपय ब्यक्तिहरुले उनका फिल्म बहिष्कार गर्न र भारतबाट लखेट्नुपर्छ भनेर गाली गरिरहेका छन् । भारतीय टिभी च्यानल एबीपी त यतिसम्म भन्न भ्यायो– ‘खाति भारतकी ओर गाति चीनकी’ ।

नेपाली प्रशंसकहरुले भने मनिषाको बचाउ गर्दै धन्यवाद प्रकट गरिरहेका छन् । एक फेसबुक प्रयोगकर्ता (रिसब ज्ञवाली) ले लेखेका छन–

‘भारतलाइ श्रमको रुपमा कला बेचेको हो नेपाल आमा होइन . मनिषा कोइराला । राष्ट्र र राष्ट्रियताका सवालमा जो जहाँ भएपनी एक हुनु आवश्यक छ । बि पि कोइरालाको सन्तान नेपालकि छोरी मनिषा प्रती हार्दिक सम्मान सहित सलाम छ। जसको एक ट्विटका कारण सिङ्गो भारतमा खैलाबैला मच्चियो । भारतका मिडिया ले जसरी बहस चलाएका छन नेपालाका ठुला मिडियाले पनि आफ्नो सिमाको सवालमा एकजुट भएर बहस चलाउन जरुरी छ । जय देश । जय मातृभुमी !! जय नेपाल !!!

मनिषाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन । साथै उनले सीमा र नक्साको बिषयमा पूर्वराजा ज्ञानेन्द्र शाहको ट्वीट पनि आरटी गरेकी छन् । यद्यपी, भारतीय मिडियाहरुको आक्रमणलाई कतिपय विश्लेषकहरुले अविवेकीपूर्ण, तुच्छ र पत्रकारिताको मर्म विपरित भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्