मोरङको लेटाङमा सम्भावित कोरोना जोखिम कम गर्न नगर सिल गर्ने निर्णय

<span class='c1'>मोरङको लेटाङमा सम्भावित कोरोना जोखिम कम</span> <span class='c2'>गर्न नगर सिल गर्ने निर्णय</span>

नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमण हुनेको संख्या बढिरहेको छ । विषेशगरी प्रदेश नम्बर १ मा पनि संक्रमित बढ्दै गएको अवस्थामा सबै नगरपालिका तथा गाउँपालिकाहरु सचेत भएको अवस्था रहेको छ ।

यसै महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङको लेटाङ नगरपालिकाले पनि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

लेटाङमा जेठ ९ गते राति १२ बजेदेखि जेठ १२ गते सोमबार मध्यरातिसम्म नगर क्षेत्र सिल गर्ने निर्णय भएको लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले जानकारी दिए ।

लेटाङमा अन्य ठाउँबाट मानिसहरूको प्रवेश तथा अत्यावश्यक बाहेक कुनै व्यावसाय तथा सवारीसाधन चलाउन पुर्ण बन्देज लगाएको छ ।  नगर कार्यपालिकाको बैठकले उक्त अवधिमा नगर क्षेत्रभित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्