यात्रा लायन्समा ! मोरङ्ग देखि हेल्थ प्रोफेसनल सम्म – डा. बालकृष्ण साह

यात्रा लायन्समा ! मोरङ्ग देखि हेल्थ प्रोफेसनल सम्म – डा. बालकृष्ण साह

सन् २०१४ तिर हो, बिराटनगरमा म नयाँ । लायन्स क्लब सुनेको थिएँ तर बुझेको थिईन । अन्तराष्ट्रिय संस्था हो, डलरमा पैसा आउँछ होला अनि मापदण्ड अनुसार काम गर्छन होला जस्तो लागेको थियो । म डाक्टर मान्छे, आफ्नै काममा व्यस्त यस्तो संस्थासंग खासै मतलब लागेको थिएन । सायद कोशी अस्पतालमा नै म त्यस अवस्थामा काम गरिरहेको भए, लायन्स क्लबसंग यति नजिक हुन सक्दिन थिएँ होला । सबैको आफ्नै कथा होला, मेरो अलिक फरक छ । म लायन्सको सदस्य हुनुमा कसैको बाध्यता अनि समस्याको कथा जोडिएको छ । शुरु गरौं बाध्यताले भरिएको यो वास्तविकताबाट ।

एक वृद्ध दम्पती, जे खेतमा काम गरेर जीविका धानिरहेका छन । उनीहरुका छोराछोरी त छन तर भएर पनि नभएजस्तो । एउटै भएको छोरो, ससुरालीतिर । छोरी पराइघरमा । बुढेसकालमा न सन्तान । न सम्पति । न भरोसा । त्यसमाथि अर्को दशा थपिएको छ ।

श्रीमतीलाई महिना नपुग्दै महिनावारी हुने र अत्याधिक रक्तश्राव हुने । औषधि नखाई रक्तश्राव नरोकिने । कति दुखलाग्दो अवस्था ? बनिबुतो गरेर जतन गरेकोे रकम औषधिमा नै सकिने । चलचित्रको कथा जस्तै लाग्ने यो कथा मोरङ झुर्कियाको ५५ बर्षिया उदित (नाम परिवर्तन) को जीवनको भोगाई हो ।

स्वास्थ्य समस्याका लागि निजी अस्पतालमा जाने क्षमता थिएन, सरकारी अस्पताल नगएका होईनन । सरकारी अस्पतालमा २ दिन लगाएर सबै परिक्षण गराए । परीक्षणबाट थाहा भयो, श्रीमती साेनिया (नाम परिवर्तन)को पाठेघरमा ऐजेरु पलाएको अर्थात फाइवराईड छ । यसबाट छुटकारा पाउन शल्यक्रिया गर्नुपर्ने बताइयो ।

शल्यक्रिया कसरी गर्ने ? दम्पतीसंग पैसा छैन । न उपचार गर्न सकिने, न रोग पालेर पीडा सहन नै । उनीहरु उपचारको खोजीमा भौतारिन थाले । विराटनगरका सबैजसो प्रसूती तथा स्त्रीरोग विशेषज्ञलाई भेटे । तर, उनीहरुको समस्या सुल्झिएन।

यसैबीच उनीहरु म कहाँ मोरङ्ग सहकारी आइपुगे त्यसबेलासम्म उनीहरु निकै थाकिसकेका थिए । रोग र शोकले गलिसकेका थिए । पीडाले आक्रन्त बनिसकेका थिए। यो ६ बर्षअघिको कुरा हो ।

ती दम्पती र लायन्सको अभियान मा मेरो वास्तविक यात्रा आज नि ताजा लाग्छ । उनीहरु जसोतसो पैसा बटुलेर पाठेघरको शल्यक्रियाका लागि मोरङ सहकारी अस्पतालमा आइपुगेका रहेछन्, केहि सहुलियतको आशामा । शल्यक्रियाका लागि आएकी सोनियाले आफुले घेरबेर गरेर घर बनाएको र उपभोग गरिरहेको ऐलानी जग्गा पनि अरुलाई दिएर (बेचेर) पैसाको जोहो गरेकी बताईन् । उनको दुखान्त कथा सुनेर मेरो मन रोयो । खै त सन्तान ? खै त सरकार ? खै त मानवता ? मैले आफैलाई प्रश्न गरें र शल्यक्रिया गर्दागर्दै आफुले सोनियाको उपचार र शल्यक्रियाको शुल्क मिनाहा गर्ने घोषणा गरें ।

म भित्रको मानवताले मलाई सेवा गर्न प्रेरित गर्यो । म जस्तै मानवता भएको अनि स्वतस्फुर्त रुपले सोनियालाई अनि उनी जस्तै दुःखमा परेर बसेकाहरुलाई सेवा गर्न कम्मर कसेका समुह पाए । विकास अधिकारी, अजिता बराल,  दिप बहादुर खापुङ्ग ,   शिव रिजाल, राजन खत्री, लिला ढुङ्गेल, भिम घिमिरे जस्ता लायन्सका नेताहरुलाई मसंगै मेरो निर्णयलाई समर्थन गरेको पाँए ।

लायन्स क्लब प्रतिको धारणा सबै गलत रहेछ । मानव सेवामा विश्वास राख्ने त्यो समुहलाई लायन्स भनिदो रहेछ । यो त स्वतन्त्ररुपले आफ्नै खर्चमा मानव सेवा ‘वी सर्भ’ अर्थात हामी सेवा गर्छौ भनेर लागेकाहरुको क्लब रहेको थाहा पाँए । अनि आफु पनि विकास अधिकारीले नेतृत्व गरेर खोलिएको नयाँ क्लब लायन्स क्लब अफ बिराटनगर मोरङ्ग का दोस्रो उपाध्यक्ष भएर लायन्समा प्रवेश गर्ने निर्णयमा पुगेँ ।

क्लब अध्यक्ष हुदा एक्सिलेन्ट प्रेसिडेन्ट, जोन चियरपर्सन हुदा एक्सिलेन्ट जोन चियरपर्सन हुदै गर्दा धेरै लायन्स सदस्यहरु हुदा समाजमा धेरै सेवा गर्न सकिने उद्देश्यले आफ्नो स्वास्थ्यका साथिहरु विच सम्वादहरु हुन थाल्यो । स्वास्थ्य सेवा मै रहनु भएका साथिहरु नै एउटा छुट्टै क्लबको कल्पना गरे । स्वास्थ्य क्षेत्रमा नै काम गर्दै गरेका, स्वास्थ्य संबन्धि अध्ययन रहेको एउटा बिशेष क्लबका लागि २३ जना समावसेवीहरु जसले मानव स्वास्थ्य सेवामा निस्वार्थरुपमा सेवा गर्ने र समाज अनि राष्ट्रका लागि सहयोगी बन्ने लक्ष्यका साथ अगाडि बढेको क्लब, लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनल लाई नेतृत्व दिने अवसर पनि जुट्यो ।

लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनल नया क्लब भए पनि बर्षको शुरुवात मै १० दिनमा १०० भन्दा बढि सेवा काम गरिसकेको क्लबका रुपमा चिनिएको क्लब हो । अहिलेको लकडाउनमा पनि महानगरपालिका बिराटनगरको मापदण्ड अनुसार महानगर पालिकाको उपस्थितीमा १ सय २० परिवारलाई राहत उपलब्ध गराएको छ । लायन्सका युथ प्रोजेक्ट अन्तर्गत स्वास्थ्यका विद्यार्थीहरुलाई संगठित गरेर लियो क्लब अफ हेल्थ प्रोफेसनल अगाडि सारेको छ । लियो क्लब अफ हेल्थ प्रोफेसनलका सदस्यहरुलाई आवश्यक तालिम दिएर असुरक्षित गर्भपतन न्युनिकरणका लागि सचेतनाका दुत बनाएको छ । लियोले करिब ५ सय विद्यार्थीहरुलाई सचेतना पनि दिई सकेको छ ।

यसरी हामी सामाजिक काममा अग्रसर भएर लाग्दा निश्चित रुपमा सामाजिक रुपान्तरण मा सघाउ पुगेको छ । हाम्रा साना साना प्रयासले समाजमा परिवर्तन ल्याउदै छ । बिशेष रुपमा हामी स्वास्थकर्मी भएको नाताले स्वस्थ्य सम्बन्धि कार्यक्रमहरु मै हाम्रो ध्यान जाने गर्दछ ।

समाजमा सामाजिक काममा सक्रिय भई लागेका हामी जस्तै सयौ क्लबहरु मिलेर लायन्स डिस्ट्रक्ट ३२५ ए वान बनेको छ र यहि १० गते शनिबार हामी सबैको साझा फुलवारी हाम्रो डिस्ट्रक्टको अाठाैं अधिबेशन सप्पन्न हुँदै छ । म सम्पुर्ण लायन्सका उमेदवारहरुलाई अग्रिम रुपमा बधाइ दिन चाह्न्छु । सबै नेपालीको घर घरमा लायन्सको सेवा पुग्न सकोस शुभकामना ।

(लेखक पेशाले चिकित्सक हुन । साथै लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलका सस्थापक अध्यक्ष हुन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्