नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र बारका ६ जनामा कोरोना देखिएको हो ।
यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थियो । आजमात्र ५९ जनामा कोरोना देखिएपछि कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।