सिरहाको गोलबजारको एक हार्डवेयर सिमेन्ट कालोबजारी गरेको आरोपमा सिल

<span class='c1'>सिरहाको गोलबजारको एक हार्डवेयर सिमेन्ट</span> <span class='c2'>कालोबजारी गरेको आरोपमा सिल</span>

लहान, जेठ १० । तोकिएको मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बेचेको भन्दै प्रहरीले शुक्रबार सिरहाको गोलबजार नगरपालिका–४ स्थित सुशील हार्डवेयरको गोदाम सिल गरेको छ । सञ्चालकलाई धरौटीमा रिहा गरिएको छ ।

लकडाउनको मौका छोपी निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बेचेको भन्दै प्रहरीले गोलबजार उद्योग बाणिज्य सङ्घको रोहबरमा हार्डवेयरको गोदाम सिल गरेको हो ।

हार्डवेयरको गोदाम सिल गरेसँगै जिल्ला प्रशासन कार्यालयले हार्डवेयर सञ्चालक धनपति महतोसँग रु. एक लाख धरौटीसमेत तिराएको छ ।

हार्डवेयर सञ्चालक महतोलाई कारवाहीका लागि इलाका प्रहरी कार्यालयले बुझाएकामा प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईले रु. एक लाख धरौटीमा छाडेका छन् ।

आवश्यक अनुसन्धान भइरहेकाले तत्कालका लागि हार्डवेयर सञ्चालक महतोलाई धरौटीमा छाडिएको र अनुसन्धान प्रक्रिया पूरा भएपछि मात्र गोदामको सिल खोलिने प्रजिअ गुरागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्