२० जेष्ठ २०७७, मंगलवार

सुनसरीमा ट्याक्टर दुर्घटना , ट्याक्टर चालककको मृत्यु

सुनसरी, जेष्ठ १० गते ।

सुनसरीको गढी गाउँपालिका-६ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो साँढे २ बजेको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक दुहवी नगरपालिका-११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

दुर्घटनामा परी ट्रयाक्टरका सह-चालक २३ बर्षीय संजय पासवान घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-31

Country Confirmed Death
Nepal15728
India1906095408
China841464638
Malaysia7819115
Qatar5691038
Australia7202103
US1790172104381
Saudi Arabia85261503