ईलाम , जेठ १०
इलाम स्थित पञ्चकन्या माई हाईड्रो पावर लि. मा कार्यरत सम्पुर्ण कर्मचारी र कम्पनीको तर्फबाट विश्वभरी फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
इलामका ५ वडा पालिकाहरुका स्वस्थ्य चौकीहरुलाई प्रतिनिधित्व हुने गरि सन्दकपुर गाउँपालिका, ईलामलाई सहयोग स्वरुप दुई लाख तीन सय छयालीस रुपैया मूल्य बराबरको मेडिकल सुरक्षा र स्वस्थ्य सम्बन्धी उपकरणहरु हस्तान्तरण गरेेको छ ।