इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने

इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने

प्रेम अधिकारी

पशुपतीनगर(इलाम) जेठ ११ गते । भारतमा रहेर इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने भएको छ ।

इलामको सीमावर्ती पशुपतिनगरको नाकामा सबै व्यवस्थापन गरिएपछि भारतमा रोकिएका नेपालीलाई प्रवेश गराउन लागिएको हो । भारतमा अलपत्र दुई सय नेपालीलाई पहिलो चरणमा इलाम ल्याइने र उनीहरूलाई सूर्योदय गरपालिका, इलाम नगरपालिका र रोङ गाउँपालिकाका क्वारेन्टाइनमा राखिने सूर्योदय नगरपालिकाका - १० का वडाध्यक्ष तथा कोरोना फोकल पर्सन पेमा उगेन लामाले जानकारी दिनुभयो ।

भारतको दार्जिलिङ, मिरिक, सुकियालगायत स्थानमा कामको सिलसिलामा गएर त्यतै लकडाउनमा फसेकाहरूलाई ल्याएर सूर्योदय नगरपालिकाको करफोक क्षेत्रमा राख्ने तयारी गरिएको फोकल पर्सन लामाले जानकारी दिनुभयो । करफोकमा मात्र चार सय जनालाई राख्ने तयारी गरिएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक परे अन्य स्थानमा पनि राख्ने तत्काल व्यवस्थापन गरिनेछ ।
यसरी सीमाबाट नेपाल प्रवेश गर्नेको आरडिटी र पिसिआर परीक्षण गरिनेछ । यसरी ल्याइएकाहरूलाई परीक्षणपछि होल्डिङ एरियामा राखेर सम्बन्धित जिल्लामा पठाइनेछ । जिल्लाका प्रायः सबै पालिकामा क्वारेन्टाइनसमेत थप गर्ने काम भइरहेको छ ।
भारतले दिएको नेपालीको सूची अनुसार नेपालको इलामसहित दोलखा रामेछाप, तेह्रथुमलगायत जिल्लाका नागरिकलाई ल्याइने छ । खुल्ला सीमा नाका भएका कारण अहिले पनि भारतमा काम गर्न गएकाहरू भागेर आउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्