बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण

बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण

नयाँदिल्ली । बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । समाचार एजेन्सी पीटीआईले अभिनेता किरण कुमारलाई कोरोना संक्रमणको पुष्टि गरेको छ ।

समाचारमा उनी आफ्नै निवासमा क्वारेन्टाइन रहेको उल्लेख छ । ७४ वर्षीय अभिनेता किरण कुमारले आफूमा संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् ।

‘धडकन’, ‘मुझसे दोस्ती करोगे’ जस्ता फिल्ममा काम गरिसकेका किरण कुमारले भने, “१४ मेमा जाँचका लागि अस्पताल गएको थिएँ । अस्पतालमा कोभिड–१९ को जाँच जरुरी थियो । त्यसैले मैले टेस्ट गराएँ । टेस्टको रिजल्ट पोजेटिभ आयो ।”

उनले कोरोना परीक्षणअघि र पछि पनि आफूमा कुनै लक्षण नदेखिएको पनि बताएका छन् । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्