धरानमा लागुऔषध सहित ३ जना पक्राउ परे

धरानमा लागुऔषध सहित ३ जना पक्राउ परे

सुनसरी, जेष्ठ ११ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जना परेका छन् ।

धरान-१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ की २६ बर्षीया समिया लिम्बु, धरान-१३ कै २९ बर्षीय मन्दिप मगर र धरान-१५ का ४३ बर्षीय घनश्याम राईलाई ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगद सहित शनिवार राती ९ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्