आज यो वर्षकै गर्मी दिन !

आज यो वर्षकै गर्मी दिन !

आज यो वर्षकै गर्मी दिन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं लगायत धेरै स्थानहरुमा अधिकतम तापक्रम यो वर्षकै उच्च रहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार आइतबार विराटनगरको तापक्रम ३२ डिग्री ,  काठमाडौंको तापक्रम ३१ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपायलमा ४० डिग्री सेल्सियस पुगेको छ भने धनगढीको तापक्रम ४० दशमलब १ डिग्री सेल्सियस पुगेको छ ।

नेपालगन्ज, भैरहवा, विरेन्द्रनगर, दाङ, सिमरा, जनकपुरलगायतका केही स्थानहरुमा ३५ डिग्री सेल्सियस अथवा सोभन्दा माथि अधिकतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्