मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् ।

अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

यो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । यस वर्ष कोरोना महामारीका कारण घण्टाघरस्थित जामे मस्जिदमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ ।

मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल–फित्र मनाउँदैछन् ।

यस पर्वको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्