भारतीय ह्याकर समूहद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

भारतीय ह्याकर समूहद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक भएको छ । भारतीय ह्याकर समूहले डाटा ह्याक गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी गराउनुभयो ।

‘घोस्ट०५७–५पी ३ सी७०६’ नामक ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । ह्याकरले वेबसाइटमा भारतीय झण्डा तथा अन्य हिन्दी लेखसमेत छाडेको पाइएको प्रवक्ता क्षेत्रीको भनाइ छ ।

ह्याकरले ‘हामी शान्त छौं त्यसको मतलब केही गर्न सक्दैनौं भन्ने होइन’ भन्ने सन्देश छोडेको भेटिएको छ । ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोस्ट गरेको ४५ मिनेटभित्रै साइट पहुँचबाहिर आइसकेको थियो ।

प्राधिकरणका प्रवक्ता क्षेत्रीले भन्नुभयो– ‘ह्याकरले हाम्रो वेबसाइट ह्याक गरेको हो । प्राप्त सन्देश तथा भारतीय झण्डासमेत राखिएकाले भारतीय ह्याकरले नै ह्याक गरेको भन्ने आकलन गरिएको छ ।’

उहाँले वेबसाइट ह्याक भए पनि डाटाहरू सुरक्षित रहेको स्पष्ट पार्नुभयो । ‘हाम्रो ब्याकअप छ, जसका कारण ह्याकरले हाम्रो डाटामा क्षति गराउन पाएको छैन’, उहाँले भन्नुभयो– ‘हाम्रा आईटी समूह अहिले वेबसाइट मर्मतको क्रममा रहेका छन्, केही समयमै हामी वेबसाइट पुरानै अवस्थामा पुर्याउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्