आजको मौसम : नेपालको पूर्वी भूभागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना

आजको मौसम : नेपालको पूर्वी भूभागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मंगलबारको पूर्वानुमान जारी गरेको छ ।  महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव रहेको छ।

यसका साथै, हाल  देशको  पहाडी भूभागका केहि स्थानमा आंशिक बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, मंगलबार दिउँसो देशको  पूर्वी  तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा अपरान्हपश्चात  सामान्य बदली हुने र  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, मध्य तथा  पूर्वी भूभागका थोरै स्थानहरुमा  र पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

राति भने  देशको पूर्वी तथा  मध्य भूभागमा सामान्य बदली रहनेछ। पश्चिमी पहाडी  भूभागहरुमा  आंशिक  बदली हुने र  बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमानले जनाएको छ ।

त्यसैगरी, पूर्वी  र मध्य  भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्