कोरोनाको प्रभाव कम भएको स्थानमा शैक्षिक संस्था खोल्न हिसानको माग

कोरोनाको प्रभाव कम भएको स्थानमा शैक्षिक संस्था खोल्न हिसानको माग

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले कोरोना भाइरसको असर नदेखिएको ठाउँमा शैक्षिक संस्था खोल्न र स्थगित भएका विद्यालय तहदेखि विश्वविद्यालयका परीक्षाको तालिका सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

हिसानले भर्ना, परीक्षा, सहुलियतलगायत माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपप्रधान तथा रक्षामन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक, अर्थमन्त्री र शिक्षामन्त्रीलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

कोरोना संक्रमणको त्रासबाट मानसिक एवं शारीरिक रूपबाट विद्यार्थीलाई मुक्त गर्न, अभिभावक र नागरिक समाजलाई सचेत र आश्वस्त तुल्याउन, विद्यालय तथा कलेजहरूलाई यथाशीघ्र छिटो खुल्ने वातावरण बनाई पठनपाठन तथा परीक्षालाई सुचारु गर्न हिसानले ध्यानाकर्षण गराएको छ । कोरोनाको खासै असर नपरेको क्षेत्रमा तुरुन्त र अन्य क्षेत्रमा क्रमशः सुरक्षित र व्यवस्थित तरिकाले खोल्ने वातावरण बनाउन माग गरेको छ ।

लामो समयसम्म शैक्षिक गतिविधि ठप्प रहेकाले दीर्घकालीन असर पर्न नदिन र न्यायोचित समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएको हिसानका महासचिव लोकबहादुर भण्डारीले बताए । भर्ना प्रक्रियालाई सतर्कतापूर्वक सुरक्षित विधि अपनाई सरल तरिकाले तुरुन्त अगाडि बढाउन र पाठ्यपुस्तक सहज रूपमा विद्यालयमा वितरणको व्यवस्था गर्नुपर्नेबारे ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्