खोटाङमा प्रधानध्यापकसहित तिन जना मृत फेला

खोटाङमा प्रधानध्यापकसहित तिन जना मृत फेला

रामधन राई,खोटाङ ।

६ दिनदेखि सम्पर्क बिहिन बनेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रधानध्यापक उदयपुरमा मृत फेला परेका छन् । प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायिक बनस्थित भुसुने खानेपानी योजनाको ट्याङ्की नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो ।

श्रेष्ठको शव मंगलबार सखुवाको रुपमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले वताउनुभयो । उनको मृत्युको कारण खुलेको छैन । बतासेकै मार्से स्थायी घर भएका प्रअ लकडाउनकाबेला गाईघाटस्थित घरमा बस्दै आएका थिए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ८३ वर्षीया बृद्धा मायाँलक्ष्मी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय पुण्यबहादुर बस्नेत मृत फेला परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित छोरीको घर गएर फर्कनेक्रममा जेठ ८ गतेदेखि हराएकी मायाँलक्ष्मीको शव सोमबार राती दोर्पाचिउरीडाँडाकै मेवाखोला दोभानमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जनाउनुभयो ।

उनको लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बस्नेत भने मंगलबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइसकिएको प्रहरी निरीक्षक खेरवारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्