मोरङकी नर्स आत्महत्या घटना :परिवार भन्छ “ठुलै मानसिक तनाब दिएर आत्महत्या गर्न बाध्य बनाइयो”

मोरङकी नर्स आत्महत्या घटना :परिवार भन्छ “ठुलै मानसिक तनाब दिएर आत्महत्या गर्न बाध्य बनाइयो”

विराटनगर जेठ १६ ,

मोरङको उर्लाबारी घर भएकी तेरथुममा कामको सिलसिलामा रहेकी २४ बर्षीय एक युवतीको शब जेठ १३ गते मंगलबार फेला परेको छ । मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत रहेकी तनुजा कार्कीले शव म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

युवतीको साथमा उक्त होटेलमा  नुवाकोट घर भएका ३७ बर्षीय खम्बासिहं तामाङ पनि रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज प्रसाद दाहालले बताए ।  उनि २ दिन देखि अफिसबाट बिदा मागेर म्याङ्लुङ पुगेकी थिइन् । तामाङ भने बिगत ४ दिन देखि होटेलमा बसेका थिए । उनि ठेकेदारको काममा संलग्न रहेका छन् ।

जेठ १३ गते बिहान दुवैले संगै खाना खाएर तामांङ काममा गएको र कार्की कोठामा नै रहेकी थिइन् । अपरान्ह तामांङ आएपछि उनले ढोका नखोलेपछि उनले ढोका फोडेर हेर्दा सलको पासो लगाएर झुण्डिएको अबस्था देखेपछि स्थानीयलाइ बोलाएका थिए । प्रहरीले उनि संगै रहेको भनिएका तामांङलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । प्रहरी श्रोतका अनुसार उसको नुवाकोटमा पहिलेबाट २ वटी श्रीमती रहेको खुलेको छ । उनीलाई प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान अगाडी बढाएको छ ।तनुजाको दाहसंकार उर्लाबारीमा गरिएको छ भने पोष्टमाटमको रिपोर्ट आउन बाकि रहेको छ ।पोष्टमाटमको रिपोर्ट पछी थप अनुसन्धानमा सहज हुने प्रहरीले जनाएको छ । हाल तामााङलाई १४ दिनको म्याद थप गरि उनको मोबाइलको कल डिटेलबारे अनुसन्धान भईरहेको छ ।

 

आत्महत्या गर्न बाध्य बनाउने तामांङ : आफन्त 

यता मृतक तनुजा कार्कीका आफन्तले भने उनलाई हत्या गरेको हुन सक्ने वा आत्महत्या गर्न सोहि खुम्ब शिंह तामांङले बाध्य बनाएको आरोप लगाएका छन् । बिगत २ दिन देखि होटेलमा बोलाएर राख्नु , कार्कीको मोबाइल २ दिनबाट अफ हुनु , घटना हुदा तामाङ होटेलमा नहुनु , २ श्रीमती पहिलेबाट रहनु लगायतका आधारमा कार्कीले ब्ल्याकमेल गरी उनलाई आत्महत्या गर्न प्रोत्साहन गरेको आरोप लगाएका छन् । 

आफन्तले घटनास्थलको मुचुल्का उठाउने कार्य तनुजाका कोहि आफन्तको उपस्तिथी बिना नै गरेको पनि आरोप लगाएका छन् । 

तनुजाले केहि महिनाबाट उक्त स्थानमा काम गर्न गाह्रो भएको र उक्त स्थानबाट सरुवा गर्न चाहेको परिवारलाई बताएकी थिईन। यता , उनका संगै काम गर्ने सहकर्मीहरुले पनि तनुजालाइ  कसैले ठुलै कुनै मानसिक तनाब दिईएको कारण यस्तो गर्न बाध्य भएको बताएका छन् । 

आफन्त तथा स्थानीयले यो घटनालाइ साधारण आत्महत्याको घटना मान्न नसकिने र यसको सबै पक्षबाट अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्