मोरङ फेरी अर्को घटना : आमाको हत्या गरि छोराद्धारा शरिरभरी छुरा प्रहार गरि आत्महत्या

मोरङ फेरी अर्को घटना : आमाको हत्या गरि छोराद्धारा शरिरभरी छुरा प्रहार गरि आत्महत्या

विराटनगर । मोरङको बेलबारीमा एक युवकले आफ्नै आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय काले भनिने जिवन लिम्बुले आफनै आमा ६१ वर्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् ।
आमाको हत्या गरेपछि उनले आफैलाई शरिरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । घाँटी लगायत विभिन्न भागमा गहिरो चोट रहेका उनको पनि बेलबारी स्थित नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

आमा देवीमाया लिम्बुको शव पोष्ट मार्टमका लागि मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषीराज ढकाललले जानकारी दिए । घरमा आमा छोरामात्रै बस्दै आएका छिमेकीले बताएका छन् । छोरा जिवनले के कति कारणले आमाको हत्या गरि आफुले पनि आत्महत्या गरे भन्ने बिषयमा प्रहरीले गम्भिर रुपमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । यस अघि विराटनगर महानगरपालीका १४ मा पनि आफ्नै दुई छोराद्धारा बाबुको हत्या घरी घरभित्रै गाडेका थिए । उनीहरुलाई अहिले म्याद थप गरी अनुन्धानका क्रममा हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्