देशका ५१ जिल्लामा कोरोना भाइरसको संक्रमण, कुन जिल्लामा कति ?

देशका ५१ जिल्लामा कोरोना भाइरसको संक्रमण, कुन जिल्लामा कति ?

बिहीबारसम्म देशका ५१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा समेत कोरोनाभाइरस संक्रमित फेला परेसँगै कूल ५१ जिल्लामा संक्रमण फैलियो हो ।

यी जिल्लाबाहेक हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर, दाङ, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, मोरङ, धनकुटा, गुल्मी, खोटाङ, दैलेख, सुनसरी, ललितपुर, लमजुङ, रामेछाप, सिन्धुली, बैतडी, डडेलधुरा, सुर्खेत, नुवाकोट, अछाम, अर्घाखाँची, जुम्ला, स्याङ्जा र रुकुम पूर्वमा कोरोना संक्रमित पुष्टि भएका छन् ।

बिहीबारको अध्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १०४४ पुगेको छ ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बुधबार ललितपुरका एक जनाको कोरोनाबाट मृत्यु भएको पनि देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यस्तै हालसम्म १८७ जना कोरोना निको भएर घर फर्किएका छन् ।
अध्यावधिक विवरणअनुसारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ । उनीहरु सप्तरी जिल्लाको भएको देवकोटाले जानकारी दिए । उनीहरु ३२ र ४७ वर्षीय पुरुष हुन् ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ देखिएको छ । उनीहरु सबै झापा जिल्लाका भएको र १६ देखि ४२ वर्ष उमेरसम्मका रहेको देवकोटाले बताए ।

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका नवलपुर जिल्लाका १९ वर्षीय पुरुष हुन् ।

यसैगरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणणमा ७७ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।

जसमा धनुषाका २९ जना रहेका छन् । उनीहरु २ बालबालिका, २ महिलासहित २५ जना पुरुष हुन् । त्यसैगरी महोत्तरीमा १७ जना संक्रमित थपिएका छन् । एक महिला र पुरुष १६ जना रहेका छन् भने उनीहरु १५ देखि ४५ वर्ष उमेरसम्मका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्