चीनबाट करिब १४.८ टन स्वास्थ्य सामग्री नेपाल आइपुुग्यो

<span class='c1'>चीनबाट करिब १४.८ टन</span> <span class='c2'>स्वास्थ्य सामग्री नेपाल आइपुुग्यो</span>

काठमाडौँ, जेठ १७ गते । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनबाट खरिद गरिएको करिब १४.८ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले स्वास्थ्य सामग्री ल्याएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान भएको जनाकारी दिनुभयो । उहाँले बाँकी सामग्री एक दुई दिन बिराएर स्थलमार्गबाट ढुवानी गर्ने जानकारी दिनुभयो ।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ‘जीटुजी’ प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि करिब दुई अर्ब रुपियाँ बराबरको ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री खरिद गर्न सेनाले वैशाखको पहिलो साता चीन सरकारको स्वामित्वमा रहेको सिनो फर्मासँग सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्