बजेटमा पूर्वका उद्योगीको गुनासो : अपेक्षा अनुरुपको बजेट आएन

बजेटमा पूर्वका उद्योगीको गुनासो : अपेक्षा अनुरुपको बजेट आएन

विराटनगर । सरकारले आर्थिक वर्ष २०७७÷७८ को आय व्यय बजेट सार्वजनिक भएसँगै यसका विभिन्न खाल्का प्रतिकृया आएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गरेको बजेटलाई उद्योगी व्यवसायीहरुले अपेक्षा अनुरुपको नभएको बताएका छन् ।
विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड– १९ कोरोना भाईरसबाट मुलुकको अर्थतन्त्र सिथिल भएको अवस्थामा ल्याइएको बजेटले उद्योगी व्यवसायीमा मर्म अनुरुप नभएको व्यवसायीहरुको धारणा छ ।सरकारले शिक्षा, स्वास्थ्य, क्षेत्रलाई प्राथमिकतामा राखिएको पक्षलाई सकारत्मक नै लिएको छ ।

बजेट पुरानै भयो
बिराट व्यापार संघका अध्यक्ष सुजन थापा बजेट सुन्दा साना तथा घरेलु उद्योग व्यवसायीलाई केहि विषयमा प्राथमिकतामा राखेको विषय राम्रो पक्ष रहेको बताउछन् ।
साना उद्योगी व्यवसायीलाई लकडाउन पछि तुरुन्तै सुचारु गर्न सरकारले रिणको व्यवस्था माग गरेको भए पनि माग नभएको उनको गुनासो छ ।

पुँजी सबैको आफुसँग नभएको र पुँजी सबै बजारमा फसेकाले लकडाउनको अवस्थामा सम्पूर्ण व्यापारी व्यवसायीहरु मारमा परेका छन् ।
लकडाउन खुले पश्चात व्यवसाय गर्नका लागि साना व्यवसायीहरुलाई सुविधा खाल्को रिणको माग गरेको भए पनि सरकारले वेवास्ता गरेको उनको धारणा छ । उनी भन्छन् राहतको प्याकेज खुल्न सकेन, कोरोनामुखि बजेट नभएकाले मलाई लाग्छ अर्थमन्त्री ज्युूलाई कोरोनाले छोए जस्तो मलाई लागेन ।

हालको बजेट सुन्दा केहि विषय मात्रै फरक तर पुरानै बजेटले निरन्तरता पाएको महशुस भएको उनले बताए । सरकारले उद्योगी व्यवसायी मारमा पर्छन भन्ने विषयमा सरकारको ध्यान नगएको उनको गुनासो छ ।

बजेट उद्योगी, व्यवसायीका लागि अपुग
उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ अहिले आएको बजेटको कार्यनव्यन पक्ष कस्तो हुन्छ कार्यान्वयन हेर्न बाँकी रहेको बताए ।

पर्यटन होटल व्यवसाय लगायतका क्षेत्रमा ५ प्रतिशसम्म ब्याजमा नेपाल राष्ट्रिय बैंकले पुनः कर्जा उपलब्ध गराउने बजेट विनियोजन राम्रो पक्ष भएको उनको भनाई छ । तर लकडाउनले थलिएको अन्य उद्योग धन्दा व्यापार व्यवसायका लागि सरकारले केहि व्यवस्था गरिदिएको केहि राहत मिल्ने उनले बताए ।

हाल सार्वजनिक भएको आर्थिक वर्ष २०७७÷०७८ को बजेट उद्योगी व्यवसायीका लागि केहि अपुग महशुस भएको उनको तर्क छ ।

कार्यान्वयन पक्ष कस्तो हुन्छ ?

जीवन रक्षाकालागि कोभिड– १९ लाई मध्यनजर गरेर स्वास्थय क्षेत्रलाई प्राथमिकता दिएको र सक्षम नेपाल निर्माणका लागि शिक्षा क्षेत्रमा आएको बजेट राम्रो पक्ष रहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताए ।

मुलुक लकडाउनको अवस्थामा छ तर उद्योगी व्यवसायीहरु जुन मारमा परेका छन् यो क्षेत्रमा पाउने पर्ने उर्जा नपाएको मुन्दडाको भनाई छ ।
सबै भन्दा महवपूर्ण मेरुदण्ड भनेको उद्योग तथा व्यवसाय हो तर यो क्षेत्रमा उर्ज दिने बजेट नभएको र बन्दबन्दीमा साना तथा मजौला व्यपसायमा आय कर छुट दिएको सरकारको यो पक्ष राम्रो रहेको उनको भनाई छ ।

उनले भने सबै भन्दा महत्वपूर्ण क्रयशक्ति कसरी बढाउन सकिन्छ उद्योगलाई पुर्नउत्थान गर्ने रोजगारीलाई कसरी बढाउने भन्ने विषयमा यो बजेटले धेरै काम गर्छ जस्तो मलाई लाग्दैन ।
बजेट उद्योगी व्यवसायीको पक्षमा नरहेको र आफ्नै बलले काम गर्नु पर्ने यो बजेटको कार्यन्वयन पक्ष कस्तो हुन्छ ? कार्यान्वयन पक्ष कुरेर बसिरहेको उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्